Logo
Logo

ज्ञानेन्द्र शाह कहिल्यै राजा थिएनन् : ओली


882
Shares

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ज्ञानेन्द्र शाह कहिल्यै राजा नभएको टिप्पणी गरेका छन् । दरबार हत्याकाण्डसँगै राजतन्त्र अन्त्य भएको भन्दै उनले ज्ञानेन्द्रलाई कुशको बाहुन बनाए झैं राजा मात्र बनाइएको बताए ।
शनिबार पूर्वराजा ज्ञानेन्द्रले दरबार हत्याकाण्डबारे अफवाह फैलाएको बताएका थिए ।

एमाले अध्यक्ष ओलीले त्यसको प्रतिवाद गरेका छन् । आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रमपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै ओलीले तत्कालीन युजराज दीपेन्द्रले दरबार हत्याकाण्ड गरायो भन्ने वाहियात भएको उनले बताए । दरबार हत्याकाण्ड भयानक षड्यन्त्र भएको भन्दै उनले भने, ‘त्यो षड्यन्त्रले तत्काल राजा, रानी, युवराज, राजकुमार, अधिराजकुमारी अन्त्य ग¥यो । राजतन्त्र समाप्त गर्यो ।’

राजाको जेठो छोरा राजा हुने व्यवस्था भएपनि कान्छो छोराछोरी समेत मारिएकाले त्यही बेला राजतन्त्र समाप्त भएको उनले बताए । यद्यपि त्यसबेला सरकारको कमजोरीका कारण ज्ञानेन्द्र शाहलाई ल्याएर सजाएर राख्ने काम भएको ओलीले बताए ।
‘ज्ञानेन्द्र शाह राजा होइन,’ उनले अघि भने, ‘बाहुनले बाहुन भनेर टपरीमा चामलमाथि कुशको बाहुन राख्छ, त्यस्तै कुशको राजा हुन् ।’

प्रतिक्रिया दिनुहोस्