काठमाडौं । राष्ट्रिय सभा सदस्य निर्वाचनको समीक्षा गर्न सत्ता गठबन्धन दलको बैठक शुरू भएको छ ।
मंगलवार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बैठक शुरू भएको हो । राष्ट्रियसभा सदस्यको निर्वाचनमा ६ प्रदेशमा कुनै तनाब नभए पनि कोशीमा भने माओवादीकी चम्पादेवी कार्की पराजित भएका थिए ।

गठबन्धनले जित्ने मतभार भए पनि उनी पराजित भएपछि माओवादीले गठबन्धनको बैठकमा यस विषयमा समीक्षा गर्नुपर्ने बताउँदै आएको थियो ।
यसैले पनि प्रधानमन्त्रीले राष्ट्रियसभा सदस्यको निर्वाचनको विषयलाई मुख्य एजेन्डा बनाएर बैठक आह्वान गरेका हुन् ।
माओवादीले मात्रै मात्रै होइन कांग्रेसभित्रै पनि कोशीमा भएको गठबन्धन विरोधी प्रयासको समीक्षा र छानबिन गर्नुपर्ने आवाज उठेको छ । १९ सदस्यमध्ये राष्ट्रिय सभामा गठबन्धनका १८ उम्मेदवार भने विजयी भएका थिए ।














