Logo
Logo

ज्याठास्थित होटल भियानाबाट १३ लाख नगदसहित ११ जना पक्राउ


630
Shares

काठमाडौं । नेपाल प्रहरीले ज्याठास्थित होटल भियानबाट १३ लाख ६२ हजार पाँच सय रकमसहित ११ जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौं र प्रहरी वृत्त सोह्रखुट्टेको टोलीले काठमाडौं महानगरपालिका–२६ ज्याठामा अमला रोकामगरले सञ्चालन गरेको उक्त होटलबाट नगदसहित ११ जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको हो ।

पक्राउ पर्नेमा काठमाडौं जोरपाटीका ५४ वर्षीय अरुण घिमिरे, काभ्रेपलाञ्चोकका ४४ वर्षीय हरिबोल खनाल र २८ वषपर््य किशोर अधिकारी, चितवनका ४१ वर्षीय दीपक गुरुङ, नुवाकोटका ४४ वर्षीय कृष्णबहादुर राई, २८ वर्षीय शंकर शाही, ३० वर्षीय राजु पन्त, रुपन्देहीका २६ वर्षीय घनश्याम शर्मा, रोल्पाका ३६ वर्षीय लिला डाँगी, बाँकेका ४० वर्षीय मेघनाथ बुचबन्दिया र गोरखाका ३५ वर्षीय अर्जुन गुरुङ रहेको प्रहरीले जानकारी दिएको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौँका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक भूपेन्द्र खत्रीका अनुसार उनीहरुलाई होटल भियनामा जुवातास खेलिरहेको अवस्थामा पक्राउ गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्