Logo
Logo

रास्वपाले बोलायो संसदीय दलको बैठक


1.1k
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले संसदीय दलको बैठक बोलाएको छ । दलको बैठक शुक्रबार बिहान ११ बजे दलको कार्यालय सिंहदरबारमा बस्ने गरी बोलाइएको पार्टी उपसभापति डोलप्रसाद अर्याल (डिपी)ले जानकारी दिए ।

संसद्को हिउँदे अधिवेशन माघ २२ गते आह्वान भएको छ । यो अधिवेशनमा कसरी प्रस्तुत हुने भन्ने विषयमा छलफल गर्न रास्वपाले संसदीय दलको बैठक बोलाएको हो ।

प्रतिक्रिया दिनुहोस्