काठमाडौं । आज नेपाली कांग्रेस संसदीय दलको बैठक बोलाएको छ । कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकका अनुसार बैठक आज दिउँसो २ बजे संघीय संसद् भवनमा बोलाइएको बस्दैछ ।
बैठकमा आगामी सोमबारदेखि हुने हिँउदे अधिवेशनमा कसरी प्रस्तुत हुने भन्ने बारेमा छलफल हुने प्रमुख सचेतक लेखकले बताए । उनका अनुसार संसदमा जतिसक्दो धेरै विधेयक प्रस्तुत गर्ने र त्यसलाई अगाडि बढाउनका लागि पार्टीका तर्फबाट सांसदले निर्वाह गर्नुपर्ने भूमिकाका बारेमा छलफल गरिने भएको छ ।















