
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को संसदीय दलको बैठक बस्दैछ । बैठक शुक्रबार बिहान ११ बजे दलको कार्यालय सिंहदरबारमा बस्ने भएको हो ।
बैठकमा हिउँदे महाधिवेशनमा कसरी प्रस्तुत हुने भन्ने विषयमा छलफल हुने पार्टी उपसभापति डोलप्रसाद अर्याल (डिपी)ले जानकारी दिए । संसद्को हिउँदे अधिवेशन माघ २२ गते आह्वान भएको छ ।














