Logo
Logo

खाना पकाउने क्रममा जलेर एक महिलाको मृत्यु


693
Shares

तुलसीपुर । खाना पकाउने क्रममा कपडाबाट आगो सल्केर दाङको तुलसीपुरमा एक जनाको मृत्यु भएको छ । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ८ कटकुईयाँका ४४ वर्षकी लक्ष्मी चौधरीको जलेर मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रबक्ता नवचन्द्र मल्लले जानकारी दिए ।

बिहीवार साँझ पौने ८ बजेतिर चौधरीले घरमा दाउरा बालेर चुलोमा खाना पकाउने क्रममा कपडाबाट शरीरमा आगो सल्किएको थियो । घरमा कोही नभएको समयमा घटना भएको स्थानीयले प्रहरीलाई खबर गरेका थिए । प्रहरी टोली घटनास्थल पुग्दा चौधरीलाई मृत अवस्थामा फेला पारेको थियो ।

प्रतिक्रिया दिनुहोस्