Logo
Logo

चार करोड जरिवाना तोकिएका फरार प्रतिवादी पक्राउ


315
Shares

काठमाडौं । बैंकिङ कसुर मुद्दामा फरार प्रतिवादी पक्राउ परेका छन् । केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले शनिबार बनेपाबाट एक जना महिलालाई पक्राउ गरेको एसपी नवराज अधिकारीले जानकारी दिए ।

पक्राउ पर्नेमा बनेपा नगरपालिका–६ बस्ने ४५ वर्षीया मन्दिरा केसी (कार्की) छन् । उनी घराना डेभलपर्स प्रालिकी सञ्चालक हुन् । क्यापिटल मर्चेन्ट तथा फाइनान्स कम्पनी लिमिटेडका पदाधिकारी र कर्मचारीहरूलाई प्रभावमा पारेर उनले घराना डेभलपर्स प्रालिलाई ऋणी बनाएका थिए ।

उनले त्यसरी प्रालिको नाममा रहेको चाँगुनारायण–७ र ९ मा रहेको जग्गाहरू धितो राखेर ऋण प्राप्त गरेका थिए । तोकिएको परियोजनामा ऋण प्रयोग नगरी दुरूपयोग गरेपछि उनीविरूद्ध बैंकिङ कसुरको मुद्दा परेको हो ।

साविक पुनरावेदन अदालत पाटनले २०७१ वैशाख २९ गते गरेको फैसलाअनुसार उनलाई ३ महिना कैद र ४ करोड रुपैयाँ जरिवाना सुनाएको थियो । उक्त सजाय बेरुजु भई फरार रहेको भन्दै प्रहरीले मन्दिरालाई पक्राउ गरेको हो । उनलाई आइतबार काठमाडौं जिल्ला अदालतमा पेश गरेको छ ।

प्रतिक्रिया दिनुहोस्