Logo
Logo

निसासिएर सासू-बुहारीको मृत्यु


819
Shares

डोटी । डडेल्धुरामा आगो ताप्ने क्रममा निसासिएर दुई जनाको गएको छ । जिल्लाको अमरगढी नगरपालिका–१ मालम बस्ने ६० वर्षीया धौलीदेवी दियाल र २६ वर्षीया पुनम दियालको आगो ताप्नेक्रममा निसासिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, डडेल्धुराका सूचना अधिकारी कुसुम नायकले जानकारी दिए ।

उनका अनुसार गएराति राति कोठामा कोइला बालेर आगो ताप्ने क्रममा निसासिएर उनीहरूको मृत्यु भएको हो । बेहोस अवस्थामा फेला परेका दुवैलाई अस्पताल लग्दा चिकित्सकले मृत घोषणा गरेका थिए ।

घटनाको विषयमा आवश्यक अनुसन्धान भइरहेको सूचना अधिकारी एवं प्रहरी निरीक्षक नायकले बताए । मृतकहरु नातामा सासू बुहारी हुन् ।

प्रतिक्रिया दिनुहोस्