Logo
Logo

‘सुरक्षित उपत्यका: हाम्रो प्रतिबद्धता’ अभियानलाई प्रविधिमैत्री बनाउँदै प्रहरी


567
Shares

काठमाडौं । नेपाल प्रहरीले ‘सुरक्षित काठमाडौं उपत्यका: हाम्रो प्रतिबद्धता’ भन्ने अभियानलाई साकार पार्न प्रविधिमैत्री बनाउँदै लगेको छ । 

काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरी र उपत्यका विभिन्न स्थानीय तह मिलेर उपत्यका विभिन्न स्थानमा अत्याधुनिक क्यामेरा जडान गर्ने कार्यलाई तीव्रता दिएको हो ।

यसका कारण उपत्यकाको शान्ति सुरक्षा र अपराध नियन्त्रण थप प्रभावकारी हुने काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रवक्ता एसएसपी दिनेशराज मैनालीले दिए । 

प्रहरीले अटोमेटिक नम्बर प्लेट पहिचान र फेस पहिचान क्यामरा जडान द्रुत गतिमा गरिरहेको उनले बताए । उनले हाल कोटेश्वर, महाराजगन्ज र बसपार्क क्षेत्रमा आर्टिफिसियल इन्टेलिजेन्स ट्राफिक सिस्टम क्यामरा जडान भइसकेको जानकारी दिए । 

यसैक्रममा आइतबार बूढानीलकण्ठका विभिन्न क्षेत्रमा आर्टिफिसियल इन्टेलिजेन्स (एआई)मा आधारित एक सय ८१ वटा सिसी क्यामरा जडान गरिएको उनले बताए । 

जडान गरिएका क्यामेराले कैद गर्ने नम्बर प्लेट र फेस प्रहरीको सर्भरमा रहने भएकाले अपराध गरेर भाग्नेहरूलाई नियन्त्रणमा लिन सहज हुने मैनालीले बताए । 

उपत्यका विभिन्न स्थानमा अत्याधुनिक क्यामेरा जडान गर्ने कार्य जारी रहेको र यसका कारण अपरान्ध नियन्त्रण र अनुसन्धानमा सहज हुने प्रहरीको विश्वास छ ।  

प्रतिक्रिया दिनुहोस्