काठमाडौं, २९ फागुन ।
युवतीको अपहरण गर्ने प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टी समूहका १३ कार्यर्ताहरु पक्राउ परेका छन् । तीन वटा पेस्तोल र एक दर्जन बमसहित प्रहरीले उनीहरुलाई उयदपुरबाट बिहीबार दिउँसो पक्राउ गरेको हो ।

२ नम्बर प्रदेश र १ नम्बर प्रदेशबाट खटिएको नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको टोलीले उनीहरुलाई पक्राउ गरेको हो । उनीहरुबाट तीन वटा पेस्तोल, नौ वटा सकेट बम तथा ६ वटा प्रेसर कुुकर बम बरामद भएको छ ।
सो समूहले बुधबार धनुषाबाट करिना मोक्तानलाई अपहरण गरेको थियो । आफ्नो समूहमा आबद्ध गराउन हतियार देखाएर अपहरण गरिएको थियो । सोही सूचनाका आधारमा पछ्याउँदै उनीहरुलाई पक्राउ गरी युवतीको उद्धार समेत गरिएको प्रहरीले जनाएको छ ।











