Logo
Logo

घरेलु मदिरा सेवनबाट पाँच जनाको मृत्यु


- दृष्टि न्युज/संवाददाता

0
Shares

जनकपुर, ३० फागुन । धनुषामा घरेलु मदिरा सेवनबाट पाँच जनाको मृत्यु भएको छ । क्षिरेश्वरनाथ नगरपालिका–२ स्थित रमदैया भवाडीमा होलीमा अत्याधिक घरेलु मदिरा सेवन गरेपछि विमारी परेका पाँचै जनाको मृत्यु भएको हो
ईलाका प्रहरी कार्यालय महेन्द्रनगर धनुषाका अनुसार मृत्यु हुनेहरुमा क्षिरेश्वरनाथ नगरपालिका–२ रमैदयाका ३० वर्षीय राजु महरा, रामनारायण महरा, ३५ वर्षीय ब्रहमदेव यादव, ३६ वर्षीय गुदरी महरा र ४२ वर्षीय बिलास मण्डल रहेको छन् ।
मृतकहरुलाई जिल्ला प्रहरी कार्यालय धनुषा र ईलाका प्रहरी कार्यालय महेन्द्रनगरको संयुक्त टोलीले शव परीक्षणका लागि प्रादेशिक अस्पतालमा ल्याएको जनाइएको छ । घटनाको अनुसन्धानमा मृतकहरुको घरपरिवारसँग सोधपुछ जारी रहेको प्रहरीको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्