Logo
Logo

अध्यागमन अधिकृतमाथि हातपात गर्ने तीन प्रहरीलाई रानीपोखरी तानियो


3.2k
Shares

काठमाडौं । विमानस्थलको अध्यागमनका अधिकृतमाथि हातपात गर्ने असईसहित तीन प्रहरी कर्मचारीलाई त्यहाँबाट सरुवा गरिएको छ । असई सञ्जय तामाङ र दुईजना सिपाहीलाई महानगरीय प्रहरी कार्यालय रानीपोखरी सुरुवा गरिएको हो । उनीहरुलाई कारबाहीस्वरुप रानीपोखरी तानिएकाे हो ।

यसअघि अध्यागमन अधिकृत छायालाल मोक्तानमाथि हातपात भएपछि गृह मन्त्रालयले छानबिन समिति गठन गरेको थियो । सहसचिव थानेश्वर न्यौपाने संयोजकत्वको समितिले असई तामाङलाई निलम्बन गर्न सिफारिस गरेको थियो ।

उक्त सिफारिसपछि असन्तुष्ट जनाउँदै त्रिभुवन विमानस्थल प्रहरी प्रमुख अर्जुन चन्दले राजीनामा बुझाएका थिए ।
प्रहरी प्रधान कार्यालयसँग छलफल भएपछि उनी राजीनामा फिर्ता लिएर काममा फर्किएका छन् ।

प्रतिक्रिया दिनुहोस्