Logo
Logo

बालिका सामूहिक बलात्कारको आरोपमा तीनजना पक्राउ


630
Shares

जनकपुरधाम । महोत्तरीमा डाँका गर्दै बालिकालाई सामूहिक बलात्कार गरेको आरोपमा तीनजनालाई प्रहरीले पक्राउ गरेको छ ।
महोत्तरीको सम्सी गाउँपालिका १ मा बस्दै आएकी १५ वर्षीया बालिकालाई सामूहिक बलात्कार गरेको आरोपमा चारजनालाई पक्राउ गरेर महोत्तरी प्रहरीले सार्वजनिक गरेको हो ।

पक्राउ पर्नेहरुमा महोत्तरीको सम्सी गाउँपालिका २ बस्ने २० वर्षीय उवैद मोमिन, २१ वर्षीय अनवर अन्सारी र भारत बिहारका २१ वर्षीय जियाउल अन्सारी रहेका जिल्ला प्रहरी कार्यालय महोत्तरीका सूचना अधिकारी प्रहरी निरीक्षक महेन्द्र खड्काले जानकारी दिए ।

घटना गत २३ गते रातिको हो । प्रहरीका अनुसार राति साढे १ बजेको समयमा बालिकाले लगाएको आमाको गरगहना लुटपाट गरी अपहरण गर्दै घरबाट डेढ किलोमिटर पर लगेर पालैपालो जबरजस्ती करणी गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको हो ।

प्रतिक्रिया दिनुहोस्