पोखरा । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले प्रचण्ड प्रधानमन्त्री बनेको एक वर्षसम्म पनि केही काम नगरेको आरोप लगाएका छन् ।
शनिबार पोखरामा समाजवादी प्रेस संगठन नेपाल कास्की समितिले आयोजना गरेको पत्रकार सम्मेलनमा पूर्वप्रधानमन्त्रीसमेत रहेका नेता खनालले प्रधानमन्त्री प्रचण्डलाई ‘जोगी सबै आए पनि कानै चिरे’को भन्दै टिप्पणी गरेका हुन् ।

नेता खनालले भने, ‘हामीले प्रचण्डलाई प्रधानमन्त्री बनायौँ । एक वर्ष भयो । मान्छेले आस मार्न छोडेका छन् । जोगी त सबै आए । तर, कानै चिरेका ।’ वर्तमान गठबन्धन सरकार खास मौसमको उपज भएको नेता खनालले सुनाए ।














