चितवन । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री रञ्जिता श्रेष्ठ चौधरीले गरिबहरुको पहिचान गरी परिचयपत्र वितरणको काम भइरहेको बताएका छन् । शनिबार यहाँ पत्रकारहरुसँग कुराकानी गर्दै उनले गरिब घरपरिवार पहिचान गरी वर्गीकरण गरेर परिचयपत्र वितरणको काम अघि बढेको बताएका हुन् ।
मन्त्री चौधरीले भनिन्, ‘गरिब पहिचान गर्दै परिचयपत्र वितरणको काम भइरहेको छ । यसलाई अझै प्रभावकारी रुपमा अघि बढाइने छ । गरिबी निवारणका लागि सरकारले प्रभावकारी रुपमा काम गरिरहेको छ ।’ भूमि आयोगबाट हुनुपर्ने काम भइरहेको बताउँदै उनले सुकुम्बासीलाई चाँडै ज ग्गा उपलब्ध गराइने जानकारी दिइन् ।















