Logo
Logo

आगामी निर्वाचन एक्लै लड्न सक्ने गरी संगठन निर्माण गर्न माधव नेपालको निर्देशन (पूर्णपाठ)


378
Shares

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल आगामी निर्वाचन एक्लै लड्नसक्ने गरी संगठन निर्माणमा लाग्न निर्देशन दिएका छन् ।

हालै बसेको केन्द्रीय कमिटी बैठकको निर्णय तल्लो कमिटीमा पठाउँदै सबै पालिका, वडा र टोलसम्म कमिटी निर्माण गर्नु र बढिभन्दा बढी सदस्यता विस्तार गर्न निर्देशन दिएका हुन् ।
‘आगामी निर्वाचनहरुमा एक्लै लड्न सक्ने एउटा क्रान्तिकारी पार्टी सङ्गठनको निर्माणको आवश्यकताबारे हामीले धेरै पटक चर्चा गरेका छौँ । त्यसका लागि सबै पालिका, वडा र टोलसम्म कमिटी निर्माण गर्नु र बढिभन्दा बढी सदस्यता विस्तार गर्नु आवश्यक छ । यस अभियानले त्यस आवश्यकतालाई सम्बोधन गर्नेछ,’ अपानीमा भनिएको छ ।

यो अभियानमा पार्टीका सबै तहका कमिटीहरु परिचालित गरे लक्ष्यित परिणाम हासिल गर्नसकिने उनले बताएका छन् । मुलुकको समग्र राजनीति र वाम आन्दोलनमा ठुलो चुनौती रहेको उल्लेख गर्दै नेपालले एउटा क्रान्तिकारी बलियो पार्टीले मात्रै ती चुनौतीको सामना गर्न सक्ने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्