Logo
Logo

काठमाडौंमा कालोबजारी गर्नेहरु प्रहरी निगरानीमा, आठ जना हिरासतमा


- दृष्टि न्युज/संवाददाता

0
Shares

काठमाडौं, २ चैत ।

विपद्को मौका छोराी कालो बजारी गर्न लुकाएर राखिएको ७८ हजार सर्जिकल मास्कसहित आठ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वर र स्वयम्भुको संयुक्त टोलीले काठमाडौंको डल्लुबाट उनीहरूलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा महाकाल मञ्जुश्री टे«डर्सका सञ्चालक मिन्टु तामाङ, अनिश कार्की, उज्ज्वल अधिकारी, मानकाजी लामा, थुमराज उपाध्याय, नृप कार्की, गणेश तामाङ र शिव खड्का छन् ।


उनीहरूको साथबाट ७८ हजार सर्जिकलम मास्क बरामद गरेको महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी उत्तमराज सुवेदीले जानकारी दिए । बजारमा अभाव गराई उनीहरले लुकाएर राखेका थिए ।
महानगरीय प्रहरी वृत्तका स्वयम्भूका डीएसपी लालध्वज सुवेदीका अनुसार कोरोना भाइरस संक्रमणको त्रास फैलिएका बेला कालोबजारी गर्ने गिरोह सक्रिय भएका हुन् । प्रहरीलाई शनिबार मास्कको कालोबजारी गर्न थालेको सूचना पुगेको थियो ।

मञ्जुश्री सप्लायर्सबाट बरामद भएको सर्जिकल मास्क प्रतिगोटा भ्याटसहित २ रुपैयाँ ५२ पैसा पर्छ । डीएसपी सुवेदीका अनुसार एक प्याकेटमा ५० सर्जिकल मास्क हुन्छन् । जुन प्याकेटको भ्याटसहितको बजार मूल्य १२६ रुपैयाँ पर्न जान्छ । बजारमा फार्मेसीलगायतले कोरोना भाइरसको त्रासअघि ५ देखि १० रुपैयाँसम्ममा बेच्दै आएका थिए । तर कोरोनाको हल्लापछि बजारमा सहजै मास्क पाइन छाडेको छ ।
उपत्यकामा स्यानिटाइजर मात्र होइन खाद्य पदार्थमा पनि कालोबजारी भइरहेको छ । त्यस्ता व्यक्तिमाथि निगरानी भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्