Logo
Logo

नेसनल पेमेन्ट गेटवे खरिद प्रकरण : साधारण तारिखमा छुटे मरासिनी


567
Shares

काठमाडौं । राष्ट्रिय सूचना प्रविधि केन्द्रका लागि उपकरण खरिदको भ्रष्टाचार प्रकरणमा मुछिएका निलम्बित सचिव मधुकुमार मरासिनी रिहा भएका छन् । विशेष अदालतले आइतबार मरासिनीलाई साधारण तारिखमा छाडेको हो ।

नेसनल पेमेन्ट गेटवेको उपकरण खरिद प्रकरणमा मरासिनीसहित ९ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०८० असोज १५ विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो । मुद्दा दायर हुँदा मरासिनी उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव थिए ।

नेपाल टेलिकमका प्रबन्ध निर्देशक सुनील पौडेल केन्द्रको कार्यकारी निर्देशक छँदा उपकरण खरिद प्रक्रिया अगाडि बढाइएको थियो । त्यही खरिद प्रक्रियामा भ्रष्टाचार गरेको आरोपमा पौडेल र मरासिनीसहित ९ जनालाई प्रतिवादी बनाएर अख्तियारले मुद्दा दायर गरेको थियो ।

यस प्रकरणमा अर्थ मन्त्रालयको बजेट महाशाखा प्रमुख हुँदा प्रक्रिया मिचेर नेसनल पेमेन्ट गेटवेको उपकरण खरिदका लागि बजेट छुट्याएको मरासिनीमाथि अभियोग लगाएको थियो ।

विशेष अदालतका प्रवक्ता धनबहादुर कार्कीका अनुसार आइतबारको थुनछेक बहसपछि मरासिनीलाई साधारण तारिखमा छाडिएको हो । मुद्दा दायर भएको साढे चार महिनापछि मरासिनी आइतबार अदालतमा उपस्थित भएका थिए ।

प्रतिक्रिया दिनुहोस्