Logo
Logo

पार्टीलाई १० प्रतिशत पनि समय नदिने नेतालाई माओवादीले कारबाही गर्ने


252
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रले पार्टीले सञ्चालन गरेको चार महिने विशेष रुपान्तरण अभियानका क्रममा पार्टीको जिम्मेदवारी १० प्रतिशत पनि पुरा नगर्नेमाथि कारबाही गर्ने भएको छ ।

पार्टीको केन्द्रीय समिति बैठकमा सम्बोधन गर्दै अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अभियानमा १० प्रतिशत पनि नखट्ने नेताहरुलाई कारबाही गर्ने घोषणा गरेका हुन् । उनले कारबाहीका लागि सबै प्रदेशका इन्चार्जहरुलाई भोलि या पर्सीसम्ममा रिपोर्ट दिन पनि निर्देशन दिएका छन् । रिपोर्टका आधारमा विधान अधिवेशनको अन्तिम दिन निर्णय गरेर अघि बढिने उनको भनाई थियो ।

प्रतिक्रिया दिनुहोस्