Logo
Logo

एसीसी महिला कपमा आज नेपाल र माल्दिभ्स भिड्दै


567
Shares

काठमाडौं । मलेसियामा जारी एसीसी महिला प्रिमियर कपमा आज नेपालले माल्दिभ्ससँग प्रतिस्पर्धा गर्दैछ । खेल नेपाली समय अनुसार बिहान ११ः १५ बजेदेखि मलेसियाको वाईएसडी ओभलमा सुरु हुनेछ ।

नेपालले यस अघि लगातार दुई खेलमा जित हासिल गरेर प्रतियोगिताको क्वाटरफाइनलमा आफ्नो स्थान सुरक्षित गरिसकेको छ भने माल्दिभ्सले यस अघिका दुवै खेलमा हार बेहोरेर प्रतियोगिताबाट बाहिरिएको छ ।

नेपालले यसअघि हङकङ र भुटानमाथि ८–८ विकेटको जित हासिल गरेको थियो । त्यस्तै माल्दिभ्स भने भुटानसँग ९४ रनले तथा हङकङसँग १७२ रनले हार बेहोरेको थियो ।

 आजै समुह डी कै भुटान र हङकङले पनि समुह चरणको अन्तिम खेल खेल्दै छन् । यो खेल पछि क्वाटरफाइनलको समीकरण तय हुने छ ।

प्रतिक्रिया दिनुहोस्