Logo
Logo

मलाई नेतृत्वमा बसिरहने लोभ छैन : प्रचण्ड


1.6k
Shares

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूलाई नेतृत्वमा बसिरहने रहर नभएको बताएका छन् ।

२०४६ सालमा नेकपा मसालको नेतृत्व सुरु गरेर अहिलेसम्म नेतृत्वमै रहेका अध्यक्ष प्रचण्डले मंगलबार ‘जनयुद्ध दिवस’को कार्यक्रममा आफूलाई नेतृत्वमा बसिरहने लोभ नभएको बताए ।

पूर्वमाओवादीलाई फेरि एकताबद्ध हुन आह्वान गरेका अध्यक्ष प्रचण्डले नेतृत्वमा जानका लागि पनि खुला रहेको सन्देश दिन यस्तो बताएका हुन् ।

उनले भने, ‘म माओवादीबाट अलग हुनुभएका साथीहरूलाई आह्वान गर्न चाहन्छु । आउनुस् बसौँ, समीक्षा गरौँ । खुल्ला मनले आत्मालोचना गरौँ, माओवादी युद्धका सहयात्री सबैले मलाई स्थापित गर्न सहयोग गर्नुभयो । अब मलाई नेतृत्वमा बसिराख्ने लोभ पनि छैन ।’

सर्वोच्च अदालतले जनयुद्ध दिवसलाई असंवैधानिक घोषणा गरेको र राजनीतिक प्रतिस्पर्धीले होच्याएकोप्रति अध्यक्ष प्रचण्डले असन्तुष्टि जनाए । त्यहीकारण माओवादीहरू पुनः संकल्पित हुनुपर्ने बताए ।

उनले युद्धका क्रममा साना–साना विषयमा ध्यान पुगेकाले नै आजको दिनसम्म आइपुगेको बताए । ‘कतिपय ठाउँमा सानो कमजोरी गरेर ठूलो क्षति पनि बेहोर्यौं । उत्पीडत वर्गलाई पहिचान र आत्मसम्मान गर्ने अफ्ठ्याराका बाबजुद झाँगिदै पुग्यौं,” उनले भने, “लिडरसीपले राष्ट्रिय र अन्तर्राष्ट्रिय राजनीति परिवेशअनुसार निर्णय गर्न नसकेको भए जनयुद्ध परास्त हुने खतरा थियो ।’

उनले सबैको आशाको केन्द्र बनेको माओवादीको वर्तमान अवस्था त्यस्तै रहन नसकेको स्वीकार गरे ।

उनले हिजो माओवादी आन्दोलनलाई समाप्त पार्ने प्रयास भएको भन्दै आज पनि होच्याउने काम भइरहेको बताए । “हिजो पनि सखाप पार्न खोजेका हुन्, हामी सखाप भएनौँ,” अध्यक्ष प्रचण्डले भने, “अपमानित गर्नेलाई प्रतिवाद गर्नैपर्छ ।”

प्रतिक्रिया दिनुहोस्