Logo
Logo

आजको मौसम : यी प्रदेशहरुमा हल्का वर्षाको सम्भावना


756
Shares

काठमाडौं । हाल नेपालमा पश्चिमी वायुको प्रभाव रहेको छ । जसका कारण अहिले बिहान देशभर आंशिकदेखि साधारणतया बदली रहेको र बुधबार दिउँसो कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार देशको उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ । राति कोशी र मधेस प्रदेश लगायत बागमती प्रदेशको पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदलीको अवस्था रहने पनि महाशाखाले जानकारी दिएको छ ।

बाँकी भू–भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने महाशाखाको नियमित बुलेटिनमा उल्लेख छ । कोशी प्रदेशका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।

त्यस्तै, कोशी, बागमती र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्