Logo
Logo

काठमाडौं महानगरले कान्ति बाल अस्पतालको फोहोर नउठाउने


1.2k
Shares

काठमाडौं । काठमाडौं महानगरपालिकाले कान्ति बाल अस्पतालको फोहोर तत्काल नउठाउने भएको छ । अस्पतालको फोहोर वर्गीकरण र ढुवानी पूर्वतयारीमा कमजोरी देखिएको भन्दै महानगर अनुगमन समितिले अर्को व्यवस्था नहुन्जेलसम्मका लागि फोहोर नउठाउने निर्णय गरेको हो ।

‘अरूलाई नमुना भएर देखाउनुपर्ने अस्पतालहरू आफैँले कमजोरी गरेको देखियो । अस्पतालमा फोहोर छुट्याउन बाल्टिन राखिएको देखियो । तर, हरेक बाल्टिनमा सबै खालको फोहोर मिसाइएको छ । रोग उपचार गर्न आउने ठाउँ नै रोग उत्पादनस्थल बन्नुहुँदैन । यसलाई व्यवस्थापन गर्ने दायित्व महानगरपालिका एक्लैको होइन । अस्पतालहरूले आफूलाई स्वच्छ र स्वास्थ्य सेवा प्रवाह भएको प्रमाणित गराउनुपर्छ,’ महानगरपालिकाकी उपमेयर सुनीता डंगोलले भने ।

अस्पतालले हानिकारक फोहोर निर्मलीकरण गर्न उपकरण जडान गरेको छ । यसको प्रभावकारी उपयोगका लागि स्रोतबाट वर्गीकरण प्रभावकारी बनाउनुपर्ने अनुगमन टोलीले दिएको सुझाव छ ।

प्रतिक्रिया दिनुहोस्