धनकुटा । भेडेटारबाट प्रहरीले ५९४ केजी गाँजासहित चार जनालाई पक्राउ गरेको छ । बुधबार बिहान २ बजेतिर भेडेटारको प्रहरी टोलीले को १ ख ७३२२ नम्बरको डिजेल/पेट्रोल बोक्ने ट्याङकरमा गाँजासहित तीन भारतीय र एकजना नेपाली नागरिकलाई पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रहरी नायव उपरीक्षक तथा सूचना अधिकारी राजवावु महर्जनका अनुसार मुलघाटदेखि विराटनगरतर्फ जाँदै गरेको ट्याङकर चेकजाँच गर्दा ट्याङकरको तेल लगाउने पाँच वडा डिब्बा (केल)मध्ये बीचको (केल)भित्र ५ सय ९४ केजी गाँजा फेला परेको हो ।
पक्राउ परेकाहरुलाई इलाका प्रहरी कार्यालय भेडेटारमा राखिएको छ । अहिले मुचुल्का उठाउने काम भइरहेको र नियन्त्रणमा लिइएको व्यक्तिसहित ट्याङ्कर र गाँजालाई जिल्ला प्रहरी कार्यालय धनकुटामा पठाउने तयारी भइरहेको प्रहरीले जनाएको छ ।














