
काठमाडौं । दाङमा गोली हानेर एक माहिला प्रहरीको हत्या भएको छ । वडा प्रहरी कार्यालय घोराहीमा कार्यरत प्रहरी जवान धनमाया थापालाई उनकै श्रीमान प्रहरी हवल्दार यमबहादुर झाक्रीले गोली हानेर हत्या गरेका हुन् ।
घोराहीको दामोदर चोकमा डिउटीमा रहेका जवान थापालाई गोली हानेर भाग्दै गरेका यमबहादुरलाई लमही अर्जुनखोलाबाट पक्राउ गरेको दाङका प्रहरी प्रमुख राम बहदुर केसीले जानकारी दिए ।
झाक्री नेपालगञ्ज तालिम केन्द्रमा कार्यरत प्रहरी रहेको बुझिएको छ । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।














