Logo
Logo

एसीसी कपमा मलेसियाविरुद्ध पहिले ब्याटिङ गर्दै नेपाल


504
Shares

काठमाडौं । एसीसी महिला प्रिमियर कपको दोस्रो सेमिफाइनल खेलमा नेपालले मलेसियाविरुद्ध टस जितेर पहिले ब्याटिङ गर्ने भएको छ । मलेसियास्थित बायुमास ओभलमा हुने खेलका लागि कप्तान इन्दु वर्माले पहिले ब्याटिङ गर्ने निर्णय गरेकी हुन् ।

नेपाली टोलीमा दुई खेलाडी परिवर्तन गरिएको छ । स्पिनर संगीता राई र उपकप्तान विन्दु रावल टोलीमा समावेश भएका छन् भने अश्मिना कर्माचार्य र पूजा महतोलाई बाहिर राखिएको छ ।

नेपालले आजको खेल जितेमा सेमिफाइनलमा यूएईको सामना गर्नेछ । आजै भएको अर्को खेलमा यूएईले थाइल्याण्डलाई ४ रनले पराजित गर्दै प्रिमियर कपको फाइनलमा स्थान पक्का गरेको हो ।

प्रतिक्रिया दिनुहोस्