काठमाडौं । नेपाल आयल निगम लिमिटेडको कार्यकारी निर्देशकमा तीन जनाको नाम सिफारिस भएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको सम्वद्ध सार्वजनिक निकायमा पदाधिकारी नियुक्ति तथा मनोनयन सम्बन्धी निर्देशिका २०७८ अनुसार सबैभन्दा बढी अंक प्राप्त गर्ने तीन जनाको नाम छनौट समितिले सिफारिस गरेको हो ।
सिफारिसमा परेकाहरु बर्णानुक्रमका आधारमा डा.चण्डिकाप्रसाद भट्ट, ईन्जियर डाक्टर डोलप्रसाद चापागाई र शत्रुघ्नप्रसाद पुडासैनी रहेका छन् । सिफारिसमा परेकाहरुमध्ये कसलाई छनौट गर्ने भन्ने अब वस्ने मन्त्रिपरिषदले निर्णय गर्नेछ । जसका लागि उद्योगमन्त्रीले मन्त्रिपरिषदलाई प्रस्तावमा गर्ने छन् ।
















