Logo
Logo

कोरोना त्रास, प्रचण्डद्वारा भेटघाट बन्द


- दृष्टि न्युज/संवाददाता

0
Shares

काठमाडौं, ६ चैत ।
कोरोना संक्रमणको जोखिम रोक्न नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ले पनि आजदेखि अत्यावश्यक बाहेकका भेटघाट बन्द गरेका छन्। प्रचण्डपुत्री गंगा दाहालले फेसबुकमार्फत प्रचण्डद्वारा भेटघाट स्थगित गरिएको जानकारी दिएकी छिन्।

 

उनले लेखेकी छिन्, ’विश्वभर महामारीका रुपमा फैलँदै गएको कोरोना भाईरसका कारण अध्यक्ष कमरेड प्रचण्डद्वारा गरिने सम्पुर्ण भेटघाट (अत्यावश्यक बाहेक) हाललाई स्थगित गरिएको छ।
नेकपाको बुधबारको बैठकले सतर्कता अपनाउने निर्णय गरेको थियो । प्रधानमन्त्री केपी शर्मा ओली आराम गरिरहेकाले उनले भेटघाट गरेका छैनन् ।

प्रतिक्रिया दिनुहोस्