Logo
Logo

तमलोपा र प्रगतिशील पार्टीबिच सहकार्यको घोषणा


504
Shares

काठमाडौं । ह्रदयेश त्रिपाठी नेतृत्वको जनता प्रगतिशील पार्टी र बृषेशचन्द्र लाल नेतृत्वको तराई मधेस लोकतान्त्रिक पार्टीबिच कार्यगत एकता भएको छ । दुवै पार्टीका दुवै जना अध्यक्षले बुधबार पाँचबुँदे सहकार्यपत्रमा हस्ताक्षर गरी एकताको घोषणा गरेका हुन् ।

नेपालको संविधानको रक्षार्थ समसामयिक संशोधन गर्दै संघीय लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरण गर्न, तराई–मधेसका साथै सम्पूर्ण देशमा सुशासन र समृद्धिको लक्ष्य प्राप्ति गर्न, सबै प्रकारका विभेद अन्त्य गर्न, निरन्तर बिग्रँदो अर्थतन्त्रमा सुधार तथा देशको कृषि उत्पादनमा वृद्धि र किसानको हितमा क्रियाशील रहन तथा लाल आयोगको प्रतिवेदन सार्वजनिकरण तथा कार्यान्वयन गराउन यी दुई दलबीच सहकार्य गर्ने सहमति गरेका हुन् ।

उनीहरुबीच लोकतान्त्रिक समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी, जनमत पार्टी लगायतका दलहरूलाई यो सहकार्यको अभियानमा सहभागी हुन आग्रह गरेका छन् ।

जनता प्रगतिशील पार्टीका अध्यक्ष त्रिपाठीले सहकार्यका लागि यस्तै प्रस्ताव लोसपालाई पनि गरेका छन् । लोसपाका अध्यक्ष महन्थ ठाकुर र प्रगतिशील पार्टीका अध्यक्ष त्रिपाठीबिच पनि यस विषयमा कुराकानी भएको बताइएको छ । वृषेशचन्द्र लाल नेतृत्वको तमलोपा पनि महन्थ ठाकुर नेतृत्वको तत्कालीन राष्ट्रिय जनता पार्टीबाट अलग भएर गठन भएको हो ।

प्रतिक्रिया दिनुहोस्