Logo
Logo

संघीय संसदका दुवै सदनको बैठक बस्दै, यस्तो छ कार्यसूची


630
Shares

काठमाडौं । संघीय संसदअन्तर्गत दुबै सदनको बैठक आज बस्दैछ । संसद सचिवालयका अनुसार प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक दुबै बिहान ११ बजे बस्नेछ ।

आजको प्रतिनिधिसभा बैठकमा सभामुख देवराज घिमिरेले प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयबाट प्राप्त कार्यभार तोकिएको सम्बन्धी पत्रको ब्यहोरा पढेर सुनाउने छन । त्यस्तै, बैठकमा कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिकी सभापति आरजु राणाले राष्ट्रिय सभामा उत्पति भएको खाद्य स्वच्छता तथा गुणस्तर विधेयक सम्बन्धी समितिको प्रतिवेदन २०८० पेस गर्ने सम्भावित कार्यसूची छ ।

अर्थ मन्त्री प्रकाशशरण महतले भन्सार विधेयक २०८० माथि बिचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् भने बैंकिङ कसुर तथा सजाय (दोस्रो संसोधन) विधेयक २०८०ु लाई दफावार छलफलका लागि सबन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने महासचिव पदमप्रसाद पाण्डेयले जारी गरेको सम्भावित कार्यसूचीमा उल्लेख गरिएको छ ।

यसैगरी राष्ट्रिय सभाको बैठकमा दिलकुमारी थापाले ‘मौलिक हक कार्यान्वयनको लागि बन्न बाँकी कानुन २०८१ असोज ३ गतेसम्म निर्माण गरिसक्नु पर्ने सम्बन्धी’ संकल्प प्रस्ताव प्रस्तुत गर्नेछिन् । अर्थमन्त्री प्रकाशशरण महतले ‘सुरक्षित कारोबार (पहिलो संसोधन) विधेयक, २०८०’ सभा समक्ष पेस गर्नेछन् ।

कानुन न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरूङले ‘विधायन ब्यवस्थापन समितिको प्रतिवेदनसहित विधायन सम्बन्धी विधेयक २०८० माथि छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् । आज सो विधेयक पारित गरियोस् भन्ने प्रस्ताव पेस गर्ने सम्भावित कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्