Logo
Logo

काठमाडौंका पाँच तारे होटलहरु धमाधम बन्द


- दृष्टि न्युज/संवाददाता

0
Shares

काठमाडौं, ७ चैत ।

कोरोना भाइरस (कोभिड(१९) को संभावित संक्रमणको जोखिमका कारण राधजानीमा पाँच तारे होटल समेत धमाधम बन्द हुन थालेको छ । दरबारमार्गस्थित याक एन्ड यति होटल शनिबारदेखि केही दिनका लागि बन्द हुने भएको छ ।

होटल व्यवस्थापनले शुक्रबार विज्ञप्ति जारी गर्दै आफ्ना कर्मचारी, पाहुना र स्थानीयको स्वास्थ्यलाई ध्यानमा राख्दै होटल बन्द गर्ने निर्णय लिइएको जनाएको छ। यसअघि राजधानीको अर्को होटल हायातले पनि सेवा बन्द गर्ने बताएको थियो। अन्य केही साना होटल समेत बन्द भइसकेका छन् ।
पर्यटकको संख्या शून्य भएकाले पनि होटलहरु बन्द हुन थालेका हुन् । कोरोना महामारीका कारण दर्जनौं होटल सञ्चालक आर्थिक संकटमा पर्ने देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्