Logo
Logo

माओवादी केन्द्र तेह्रथुम-काठमाडौं सम्पर्क समन्वय समिति अध्यक्षमा दीलिप लुम्फुङ्वा


819
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्र तेह्रथुम-काठमाडौं सम्पर्क समन्वय समिति प्रदेश १ को अध्यक्षमा दीलिप लुम्फुङ्वा (लिम्बू) चयन भएका छन् । शनिबार ललितपुरको ताल्छिखेलामा आयोजित भेलाले दीलिपलाई अध्यक्षमा सर्वसम्मत चयन गरेको हो ।

भेलाले कार्यसमिति उपाध्यक्षमा केदार सापकोटा र मथुरा मगर, सचिवमा तुल्सी रम्तेल, सहसचिवमा प्रकाश कुरुम्वाङ र सुदिप बर्देवा र कोषाध्यक्षमा बालकुमारी लुम्फुङ्वा चयन गरेको छ ।

यस्तै, कार्यसमिति सदस्यमा रमन इस्पो, देबिन्द्र कुरुम्वाङ, भुपेन्द्र रसाइँली र दिलकुमार लिम्बु सर्वसम्मत चयन भएका छन् ।
नवगठित तेह्रथुम–काठमाडौं सम्पर्क समन्वय समिति प्रदेश १ का अध्यक्ष लिम्बूले समितिको यो कार्यकाल सफल र परिणाममुखी बनाउन सम्पूर्ण सदस्य एकजुट भएर लाग्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य होमकुमारी खापुङले सम्पर्क समन्वय समिति तेह्रथुम–काठमाडौं जोड्ने पुल भएको बतइन् । उनले यसले काठमाडौंवासी र तेह्रथुमवासी जनतालाई व्यक्तिगत, सामाजिक, आर्थिक, सास्कृतिक र राजनीतिक रुपमा जोड्नुपर्ने बताइन् ।

भेलामा नेकपा माओवादी केन्द्र सम्पर्क समन्वय प्रदेश १ समिति सदस्य तथा तेह्रथुम–काठमाडौं सम्पर्क समन्वय समिति ईन्चार्ज तेजेन्द्र कुरुम्वाङले भेलाको आवश्यकता र महत्वबारे स्पष्ट पारेका थिए ।

प्रतिक्रिया दिनुहोस्