Logo
Logo

बच्चा चोरी गर्ने महिलालाई ५ दिन हिरासतमा राख्न अनुमति


504
Shares

काठमाडौं । थापाथलीस्थित प्रसूति तथा स्त्रीरोग अस्पतालबाट बच्चा चोरेको आरोपमा पक्राउ परेकी महिलालाई जिल्ला अदालत काठमाडौँले ५ दिन हिरासतमा राख्न अनुमति दिएको छ ।

अदालतले आरोपी २४ वर्षीया मनकुमारी सिंहलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो । प्रहरीले मनकुमारी विरुद्ध अपहरण तथा शरीर बन्धक मुद्दामा जाहेरी दर्ता गरेर अनुसन्धान गरिरहेको छ ।

फागुन ११ मा सिंहले प्रसूति तथा स्त्रीरोग अस्पतालबाट २६ दिनको बालिका चोरी गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्