काठमाडौं । इलाम क्षेत्र नम्बर २ र बझाङ-१ को प्रदेशसभा क्षेत्र (क)को उपनिर्वाचनको लागि लागि २४ चैतमा उम्मेदवारी दर्ता हुने भएको छ ।

निर्वाचन आयोगले आइतबार निर्वाचन मिति तोकेको थियो । निर्वाचन मिति तय भएको भोलिपल्ट आर्थत् सोमबार आयोगले निर्वाचन कार्यक्रम सार्वजनिक गरेको हो । जसअनुसार फागुन २४ देखि ३० गतेसम्म दल दर्ताको समय तोकिएको छ ।
२४ चैतमा उम्मेदवारी दर्ता हुनेछ भने २७ गते अन्तिम नामावली प्रकाशन गरेर निर्वाचन चिन्ह प्रदान गरिनेछ । चैत २८ देखि वैशाख १२ गतेसम्म निर्वाचन प्रसार प्रसारको अवधि तोकिएको निर्वाचन आयोगले जनाएको छ ।
१५ वैशाखमा बिहान ७ बजेदेखि बेलुकी ५ बजेसम्म मतदान हुनेछ ।














