Logo
Logo

साढे ५ हजार मिटरब्याजपीडितलाई न्याय दिँदै छौँ : गृहमन्त्री


756
Shares

काठमाडौं । गृहमन्त्री नारायणकाजी श्रेष्ठले साढे पाँच हजार मिटरब्याजपीडतहरुलाई न्याय दिने काम भइरहेको बताएका छन् ।

सोमवार प्रतिनिधिसभा बैठकपछि सञ्चारकर्मीसँग मन्त्री श्रेष्ठले साढे पाँच हजार मिटरब्याजपीडितलाई न्याय दिने काम भइरहेको बताएका हुन् । उनले तत्कालीन आयोगमा आएका उजुरीहरुलाई मन्त्रिपरिषद्ले निर्णय गरेर जिल्ला प्रहरी कार्यालयमा पठाएको भन्दै पहिले प्रहरीले मेलमिलापको अपील गर्ने बताए ।

प्रहरीले पीडितलाई न्याय दिनेगरी मेलमिलापको प्रयास गर्ने उनको भनाई छ। त्यसो हुन नसकेमा थप अनुसन्धान गरेर अभियोजनको प्रक्रियामा जाने उनले बताए। उनले पीडितलाई हर हालतमा न्याय दिने बताए ।

उनले भने, ‘अहिले साढे ५ हजार जति मिटरब्याजपीडितलाई न्याय दिने काम भइराखेको छ । ठूलो मेहनत गरेर मात्रै यसलाई समाधान गर्न सकिन्छ‚ त्यसको निम्ति अहिले हामीसँग कानून छ‚ बाँकी रहेका सबै उजुरी हामीले जिल्ला प्रहरी कार्यालयमा पठाएका छौँ। प्रहरीले अब स्वेच्छिक मेलमिलापको निम्ति अपील गर्छ । पीडितलाई न्याय दिनेगरी मेलमिलापको प्रयास गर्छ ।’

उनले पीडितलाई न्याय दिलाउन सबै लाग्नुपर्ने बताए । उनले पीडितको नाममा खेल नखेल्न आग्रहसमेत गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्