काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठकमा राष्ट्रियसभाको अध्यक्ष पद माओवादीले पाउनुपर्ने माग उठेको छ । मंगलबार पार्टी मुख्यालय पेरिसडाँडामा बसेको बैठकमा धारणा राख्ने अधिकांश सदस्यले राष्ट्रियसभा अध्यक्षको पदमा पार्टीको तर्फबाट अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अडान राख्नुपर्ने सुझाव दिएका हुन् ।
बैठकबारे जानकारी दिँदै पार्टी प्रवक्ता अग्नि सापकोटाले बैठकमा अधिकांश स्थायी समिति सदस्यले राष्ट्रियसभाको अध्यक्ष पद माओवादीले पाउनुपर्ने धारणा राखेको बताए ।

आजको बैठकले कार्यविभाजन गर्ने भनिएपनि त्यसबारे टुंगो नलगागेको सापकोटाले बताए । बैठकमा पूर्वनिर्धारित एजेन्डा अनुसार कार्यविभाजन, अभियान सञ्चालन र पार्टीको आगामी योजनाबारे टुंगो लगाउने भनिएको थियो । तर, बरिष्ठ गायक भक्तराज आचार्यको श्रद्धाञ्जली सभामा पार्टी अध्यक्ष तथा प्रधानमन्त्री प्रचण्ड जानुपर्ने भएकाले बैठक छोट्याइएको उनको भनाइ थियो ।














