Logo
Logo

आज पनि माओवादीको स्थायी समिति बैठक बस्दै


252
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक आज पनि बस्ने भएको छ । बैठक पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्दैछ । आजको बैठकमा नेताहरूको कार्यविभाजनलाई अन्तिम रूप दिने तयारी रहेको छ ।

बैठकमा आगामी जागरण अभियानबारे पनि छलफल हुने प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए । यसअघि मंगलबारको बैठकमा कांग्रेस महासमिति बैठकले गरेको निर्णय, सुदूरपश्चिम प्रदेशमा माओवादीभित्र देखिएको विवाद र राष्ट्रियसभा अध्यक्ष सम्बन्धमा छलफल भएको थियो । मंगलबार बिहान बसेको बैठकबाट ठोस निष्कर्ष नआउँदा आज पुनः बैठक बस्न लागेको हो ।

प्रतिक्रिया दिनुहोस्