काठमाडौं । नेपाल धितोपत्र बोर्डको रिक्त रहेको अध्यक्ष पदका लागि दरखास्त आह्वान भएको छ । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा मिनबहादुर श्रेष्ठको नेतृत्व रहेको सिफारिस समितिले बुधबार सूचना जारी गर्दै दरखास्त आवेदन माग गरेको हो ।
समितिले खुल्ला प्रतिस्पर्धाद्वारा पदपूर्ति गर्ने गरी योग्यता पुगेका इच्छुक नेपाली नागरिकबाट गोप्य खामबन्दी आवेदनको माग गरेको हो ।

आवश्यक योग्यता तथा अनुभव भएका इच्छुक नागरिकले कागजातसहित सूचना प्रकाशित मिति (फागुन १६ गते)ले १५ दिन अर्थात् फागुन ३० गतेसम्म अर्थ मन्त्रालयको वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखा, सिंहदरबार, काठमाडौंमा आवेदन दिनुपर्नेछ ।












