Logo
Logo

कोरोनोबारे गलत प्रचार गर्नेहरु धमाधम पक्राउ


- दृष्टि न्युज/संवाददाता

0
Shares

काठमाडौं, ८ चैत ।

कोरोना भाइरस को संक्रमणको बारे सामाजिक सञ्जालबाट गलत प्रचार गर्नेहरु धमाधम पक्राउ पर्न थालेका छन् । नर्भिक अस्पतालमा केही मान्छेको मृत्यु भएको भन्दै झुटो प्रचार गर्ने नेविसंघका नेता विवेक थापा मगर पनि भक्तपुरबाट पक्राउ परेका छन । रामेछाप घर भई भक्तपुरको सिपाडोल बस्ने २० वर्षका विवेक थापा मगरलाई नेपाल प्रहरीको साइबर ब्यूरोले शनिबार दिउँसो पक्राउ गरेको हो ।

कोरोनाका कारण एक नेपालीको मृत्यु भएको तर अस्पतालले घटना लुकाएको भन्दै सामाजिक सञ्जालमा उनले अडियो पोष्ट गरेका छन् । उनले झोर्ले न्युज भन्ने अनलाइन मार्फत उक्त अडियो अफवाह सामाजिक सञ्जालमा पोस्ट गरेका थिए । उनी पशुपति बहुमुखी क्याम्पसमा अध्ययनर रहेको र नेपाल विद्यार्थी संघमा आवद्ध रहेको प्रहरीले जनाएको छ ।
उनले आफूलाइ झोर्ले न्युजको सिइओको रूपमा समेत चिनाएका छन । थापा मगरले बनाएको अडियो सामाजिक सञ्जालमा भाइरल बनेपछि प्रहरीले खोजी सुरू गरेको थियो । घटनाका सम्बन्धमा थप अनुसन्धान भैरहेको र अनर्गल प्रचारबारे कारबाहीको प्रक्रिया सुरू गरेको प्रहरी प्रवक्ता शैलेश थापा क्षेत्रीले बताएका छन् ।
आफ्नो पेजको रिच बढाउन यस्तो गरेको उनले बताएका छन् । साइबर क्राइम मुद्दामा प्रहरीले उनीमाथि कारबाही अघि बढाएको छ ।
साथै सेनाले हेलिकोप्टरबाट किटनाशक औषधी छर्ने, थप व्यक्तिको मृत्यु भएको जस्ता कुरा शेयर गर्नेहरुको पनि प्रहरीले खोजीरहेको छ ।

प्रतिक्रिया दिनुहोस्