
काठमाडौं । संघीय संसद अन्तर्गत राष्ट्रियसभाको बैठक आज बस्दैछ । बैठक संघीय संसद भवन नयाँ बानेश्वरमा बिहान ११ बजे बस्ने भएको संसद सचिवालयले जानकारी दिएको छ ।
बैठकमा बिधायन ब्यवस्थापन समितिका सभापति जयन्ती देवी राइले स्थानिय तहको कानुन निर्माण प्रक्रिया एवम अभ्यास सबन्धमा स्थलगत अध्ययन, अनुगमन एवम अन्तरक्रिया कार्यक्रमको प्रतिवेदन, २०८० सभा समक्ष पेश हुनेछ ।
साथै, आगामी आर्थिक बर्ष २०८१÷८२ का लागि बिनियोजन बिधेयकका सिद्दान्त र प्राथमिकता माथी सभामा छलफल हुने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ ।














