Logo
Logo

भरतपुर ‘हेल्थ हब’को रूपमा विकास हुँदै गएको छ : प्रधानमन्त्री


693
Shares

भरतपुर । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भरतपुर महानगरपालिका स्वास्थ्य क्षेत्रमा नयाँ ‘हब’को रूपमा विकास हुँदै गएको बताएका छन् । शुक्रबार बिहान चितवनको भरतपुरमा निर्मित भरतपुर आँखा अस्पतालको नयाँ भवन उद्घाटन गर्दै प्रधानमन्त्रीले सो कुरा बताएका हुन् ।

उनले भने, ‘भरतपुर आँखा अस्पताल भरतपुर क्षेत्रको मात्र आँखा अस्पताल नभएर स्वदेश तथा विदेशका समेत सेवाग्राहीहरूको आँखा सम्बन्धी उपचारको केन्द्रका रूपमा स्थापित हुँदै गएको छ ।’

भौतिक सुविधाको दृष्टिले आगामी दिन यस अस्पताल सबल र सुविधासम्पन्न हुने विश्वास ब्यक्त गर्दै उनले अस्पतालले दिने सेवा, अनुसन्धान र स्वास्थ्य तालीमहरूमा पनि सोहीस्तरमा क्षमता अभिवृद्धि गर्न आवश्यक रहेको बताए । यसका निम्ति सरकारको तर्फबाट आवश्यक सहयोग र सहजीकरण गर्न आफु तयार रहेको उनको भनाई थियो ।

प्रतिक्रिया दिनुहोस्