Logo
Logo

रास्वपाका ६ सांसद आजदेखि इलामका ६ पालिकामा खटिँदै


2.1k
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी वैशाखमा हुने उपनिर्वाचनलाई केन्द्रीत गरेर आफ्ना सांसदहरूलाई आज इलाम पठाउँदै छ ।

आज साँझ ६ जना सांसदहरू इलामका विभिन्न ६ पालिकामा पुग्नेछन् भने उनीहरुले भोलि इलामका नागरिकहरूसँग अन्तरक्रिया गर्ने र पर्सि फर्किने कार्यक्रम रहेको रास्वपाले जनाएको छ ।

रास्वपाका अनुसार सोबिता गौतमलाई इलाम नगरपालिकामा खटाइएको छ भने गणेश पराजुलीलाई देउमाई नगरपालिकामा खटाइएको छ ।

यस्तै मनिष झालाई माई नगरपालिका, अशोक चौधरीलाई चुलाचुली गाउँपालिका, हरि ढकाललाई माङसेबुङ गाउँपालिका र अशिम शाहलाई फाकफोकथुम गाउँपालिकामा खटाइएको छ । रास्वपाले सहमहामन्त्री कविन्द्र बुर्लाकोटीलाई निर्वाचन कमान्डरका रूपमा इलाम क्षेत्र नम्बर दुईमा खटाएको छ ।

नेकपा एमालेका सांसद सुवासचन्द्र नेम्वाङको गत भदौ २६ गते निधन भएपछि इलाम क्षेत्र नम्बर २ रिक्त छ । उक्त स्थानमा वैशाख १५ गते उपनिर्वाचन हुने कार्यतालिका निर्वाचन आयोगले तय गरेको छ । त्यसका लागि विभिन्न राजनीतिक दलहरु तीव्र तयारीमा लागिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्