Logo
Logo

भरतपुर भ्रमण वर्षको उद्घाटन


252
Shares

चितवन । भरतपुर भ्रमण वर्षको उद्घाटन भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भरतपुर भ्रमण वर्षको उद्घाटन गरेका हुन् ।

भरतपुर महानगरपालिकाको आयोजनामा ‘घुमौँ भरतपुर’ भन्ने नारासहित आज भरतपुर भ्रमण वर्ष २०२४ को नारायणी नदीकिनारमा औपचारिक रूपमा उद्घाटन गरिएको हो।उद्घाटन कार्यक्रममा प्रधानमन्त्री प्रचण्डसहित चार पूर्वप्रधानमन्त्री सहभागी भएका छन्।

पूर्वप्रधानमन्त्री कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, झलनाथ खनाल र पूर्वप्रधानमन्त्री, पूर्वमन्त्रिपरिषद् अध्यक्ष खिलराज रेग्मी भरतपुर पुगेका छन् । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी ओली सहभागी हुन भरतपुर आउँदै छन् ।

भ्रमण वर्षमा पाँच लाख आन्तरिक र दुई लाख बाह्य पर्यटक भित्र्याउने लक्ष्य राखिएको छ । उद्घाटनअघि भरतपुरको चौबिसकोठीबाट नारायणी नदीकिनारसम्म विशाल र्‍याली निकालिएका थियो ।

प्रतिक्रिया दिनुहोस्