Logo
Logo

आज दिउँसो राष्ट्रपति भवन क्षेत्रमा विद्युत आपूर्ति बन्द हुने


504
Shares

काठमाडौं । आज पनि काठमाडौंका केही क्षेत्रमा विद्युत आपूर्ति बन्द हुने भएको छ ।

नेपाल विद्युत प्राधिकरणले महाराजगञ्ज वितरण केन्द्रअन्तर्गत लाजिम्पाटको एभरेष्ट बैंकदेखि राष्ट्रपति भवन, टुँडालदेवी क्षेत्रमा बिहान १० बजेदेखि दिउँसो २ बजेसम्मका लागि विद्युत सेवा बन्द गर्न लागेको हो । ती क्षेत्रमा विद्युतीय लाइन भूमिगत गर्ने कामका लागि ४ घण्टा सेवा बन्द गर्न लागिएको प्राधिकरणले जनाएको छ ।

यस्तै, २१ गते गोल्फुटार पेट्रोलपम्प देखि बसुन्धारा र २२ गते गोल्फुटारदेखि ह्याम्स अस्पतालसम्मको क्षेत्रमा सेवा अवरुद्ध हुने छ । प्रतिकुल अवस्था नभएको खण्डमा भने यति लामो समय विद्युत सेवा बन्द नहुने प्राधिकरणले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्