
काठमाडौं । संघीय संसदका विभिन्न ६ वटा समितिको बैठक आज बस्दैछ । संसद सचिवालयका अनुसार एकैदिन ६ वटा संसदीय समितिको बैठक बस्न बस्न लागेको हो । जसअनुसार ५ वटा समितिको बैठक बिहान ११ बजे बस्नेछ ।
जसमा अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति, कानून, न्याय तथा मानव अधिकार समिति, प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समिति, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति रहेका छन् ।
यता विधायन व्यवस्थापन समितिको बैठक भने दिउँसो ४ बजे बस्ने संसद सचिवालयले जनाएको छ ।














