Logo
Logo

पोखरा घुम्न गएका दुई युवाको मोटरसाइकल दुर्घटनामा मृत्यु


4.9k
Shares

काठमाडौं । पोखरामा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । शुक्रबार काठमाडौंबाट पोखरा घुम्न गएका दुई युवाको मोटरसाइकल दुर्घटनामा मृत्यु भएको हो ।

लेकसाइडबाट जिरो किलोेतर्फ जाँदै गरेको बुलेट मोटरसाइकल सडक बीचमा रहेको डिभाइडरमा ठोक्किएर दुर्घटनामा परेको प्रहरीले जनाएको छ । दुर्घटनामा कैलालीको सोरहनपुर गाउँपालिका–३ का २८ वर्षीय महेश आचार्य र जानकी गाउँपालिका–३ का ३० वर्षीय शैलेन्द्र कुमार उपाध्यायको मृत्यु भएको हो ।

दुर्घटनामा गम्भीर घाइते भएका उनीहरुलाई उपचारका लागि गण्डकी मेडिकल कलेजमा लगिएको थियो ।

उपचारका क्रममा दुवैको आज बिहान मृत्यु भएको हो ।

प्रतिक्रिया दिनुहोस्