काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गठबन्धन तोडेप्रति पार्टीमा बिफ्रिङ गरेका छन् । सोमबार बिहान आफ्नो निवास बुढानीलकण्ठमा पदाधिकारी र पूर्वपदाधिकारी बैठकमा सभापति देउवाले प्रधानमन्त्रीले गठबन्धन तोडेको सुनाए ।
बैठकपछि कांग्रेस प्रमुख सचेतक रमेश लेखकले भनेका छन्, ‘बैठकमा सभापतिजीले प्रधानमन्त्रीले गठबन्धन तोडेको सुनाउनु भयो । अब हामी प्रतिपक्षमा रमाउछौँ ।’ उनले कांग्रेसले गठबन्धन नतोडेको र नयाँ रणनीति पनि केही नगरेको बताए ।

उनले भने, ‘प्रधानमन्त्रीले गठबन्धन तोडेपछि हामी के गर्नु अब ? हामीले गठबन्धन तोडेको भए, अब यसो गर्छौँ भन्थ्यौं । अब हामी प्रतिपक्षको बेन्चमा फर्किन्छौँ । प्रधानमन्त्रीले गठबन्धन तोडेको कांग्रेसको आरोप छ । ‘गठबन्धन प्रधानमन्त्रीले तोड्न, अनि हामीले किन राजीनामा दिने ?’ लेखकले भने, ‘जे जे गर्नुहुन्छ उहाँले नै गर्नुहुन्छ ।’














