Logo
Logo

फ्रान्सबाट आएकी युवतीले काठमाडौंमा कोरोना फैलाएको आशंका, घर बाहिर ननिस्कन सरकारको आग्रह


- दृष्टि न्युज/संवाददाता

0
Shares

काठमाडौं १० चैत ।
गत ४ चैतमा फ्रान्सबाट आएकी नेपाली युवतीलाई कोरोना संक्रमण भएको पुष्टि भएपछि उनीमाथि थप व्यक्तिलाई संक्रमण भएको आशंका गरिएको छ । कतार हुँदै आएकी ती युवती होम क्वारेन्टाइनमा बसेकी थिइन् ।


नियम पालना नगरेको भए उनको परिवारलाई पनि सरेको आशंका छ । परिवारमार्फत अन्य व्यक्तिलाई पनि सरेको आशंकामा सबैमाथि निगरानी सुरु गरिएको छ ।
विदेशबाट आएकालाई १४ दिन क्वारेन्टाइनमा बस्न सरकारले आग्रह गरेपनि धेरैले मानेका छैनन् । जसकारण नेपालमा उच्च जोखिम छ । जोखिमका कारण अत्याबश्यक काममा बाहेक घर बाहिर ननिस्किन सरकारले आग्रह गरेको छ । संक्रमितलाई आइसोलेसनमा राखेर उपचार गर्नुपर्ने हुन्छ । तर, सरकारसँग करिब दुई सय मात्र आइसोलेसन छन् ।

उनीसँगै विमानमा आएका यात्रु, विमानस्थलमा उनलाई चेकजाँच गर्ने कर्मचारी तथा उनले भेटेका अन्य व्यक्तिहरुलाई खोजी गरेर क्वारेन्टाइनमा राख्न लागिएको छ ।

साथै परीक्षण गर्ने स्वास्थ्यकर्मीहरु पनि यो घटनाबाट पनि सर्तक भएका छन् ।

यस्तो अवस्थामा नागरिकले सरकारलाई सहयोग गर्नुपर्ने देखिएको छ । अत्याबश्यक बाहेकको अवस्थामा घर बाहिर ननिस्कन आग्रह गरिएको छ । अत्याबश्यक कामबाहेक घर बाहिर ननिस्कन प्रहरीले टोल टोलमा माइकिङ सुरु गरेको छ ।

कोरोना रोकथामसम्बन्धि उच्चस्तरीय समितिको बैठक बसेर सोमबार यसबारे थप निर्णय गर्न लागिएको छ ।

प्रतिक्रिया दिनुहोस्