Logo
Logo

माधवलाई भेट्न आरजु लिएर कोटेश्वर पुगे देउवा


2.3k
Shares

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा माधवकुमार नेपाल निवास कोटेश्वर पुगेका छन् । पत्नी आरजु राणा देउवालाई लिएर देउवा एकीकृत समाजवादीका अध्यक्षसमेत रहेका नेता नेपाललाई भेट्न कोटेश्वर पुगेका हुन् ।

केहीबेरअघि अध्यक्ष नेपाललाई भेट्न कांग्रेस नेता रमेश लेखक पनि कोटेश्वर पुगेका थिए । यसअघि मंगलबार बेलुका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, एमाले अध्यक्ष केपी शर्मा ओलीले कोटेश्वर पुगे नेता नेपालसँग भेटवार्ता गरेका थिए । त्यसलगत्तै राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन र रवि लामिछाने पनि पुगेका थिए ।

नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रचण्डले एमाले, रास्वपा र जसपासँग नयाँ गठबन्धन गरेपछि विभिन्न राजनीतिक दलका नेताहरुको दौडधुप बढेको छ ।

प्रतिक्रिया दिनुहोस्